विदेश

अफगान सुरक्षाकारबाहीकाे २४ घण्टाभित्र ७१ आतंककारी मारिए

अफगान सुरक्षाकारबाहीकाे २४ घण्टाभित्र ७१ आतंककारी मारिए

काबुल : द्वन्द्वग्रस्त राष्ट्र अफगानिस्तानमा गत २४ घन्टाभित्र भएका शृखलावद्ध सुरक्षा कारबाहीमा परी ७१ आतंककारी मारिएका अफगान गृह मन्त्रालयले सोमबार (आज) प्रकाशित विज्ञप्तिमा जनाएको छ ।

अफगान राष्ट्रिय प्रतिरक्षा र सुरक्षाबलको संयुक्त प्रयासमा आतंककारी विरुद्ध जारी १२ वटा कारबाहीको क्रममा गत २४ घन्टाभित्र ७१ आतंककारी मारिएका प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

अफगानिस्तानको नान्र्गाहार, हेलमान्ड, लाघमान, फराह, कन्दुज, घोर, वार्दाक र जाबुल प्रान्तमा जारी कारबाहीको क्रममा ४० भन्दा बढी आतंककारी घाइते भएका छन् भने अन्य सात जना पक्राउ परेका छन् ।

अफगान गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा कारबाहीको क्रममा सुरक्षा बलतर्फ भने कुनै हताहत भएको जनाकारी दिइएको छैन् । अफगानिस्तानमा द्वन्द्वरत तालिवान र इस्लामिक स्टेट आतंककारी समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । सिन्ह्वा

 

अफगानिस्तान सुरक्षाकारबाही

विशेष