News

नयाँ नीति तथा कार्यक्रम ल्याउन नमिल्ने : पूर्व अर्थमन्त्री महत

नयाँ नीति तथा कार्यक्रम ल्याउन नमिल्ने : पूर्व अर्थमन्त्री महत

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले निर्वाचन सम्पन्न गर्नुअघि नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गर्न नमिल्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले निर्वाचन आचारसंहिताअनुरुप पुराना नीति तथा कार्यक्रमका लागि भने पूरक बजेट ल्याउन सकिने तर नयाँ कार्यक्रम सार्वजनिक गर्न नमिल्ने बताएका हुन् । पूर्व अर्थमन्त्री महतले विगतका राष्ट्रिय गौरवका आयोजनालाई निरन्तरता दिनेगरी काम चलाउ बजेट ल्याउनुपर्नेमा जोड दिँदै सरकारले आगामी बजेटमा भूकम्प पछिको पुनःनिर्माण कार्यमा विशेष ध्यान दिनुपर्ने धारणा राखे ।

व्यवस्थापिका–संसद्‍मा विचाराधीन संविधान संशोधन प्रस्तावलाई छिटोभन्दा छिटो टुङ्गो लगाउनुपर्नेमा जोड दिँदै उनले निर्वाचनको मुखमा स्थानीय तहको सङ्ख्या वृद्धि गर्नु आचारसंहिता विपरीत भएको बताए ।

नयाँ सरकार निर्माणका लागि यो सरकारले तत्काल राजीनामा दिनुपर्छ भन्दै पूर्व अर्थमन्त्री महतले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा कांग्रेसको व्यवस्थापनको कमजोरी, पार्टीगत अन्तर्घातलगायतका कारणले सोचेअनुरुपको नतिजा आउन नसकेको स्वीकार गरे ।

डा रामशरण महत नीति तथा कार्यक्रम

विशेष