दोलखाको मैलुङ गाउँपालिकाको मतगणना भोलि

दोलखा : दोलखाको मैलुङ गाउँपालिकाको मतगणना मंगलबार (भोली) बाट हुने भएको छ । मतपेटिका राखिएको कोठाको ढोका खुला भेटिएपछि उठेको विवादका कारण मतगणना हुन सकेको थिएन ।
सोमबार दिनभर सोही विषयमा छलफल गरी बिहान ७ बजेबाट मतगणना गरिने भएको छ । सातओटा वडा रहेको मैलुङ गाउँपालिकाको १८ ओटा मतपेटिका मंगलबार बिहानबाट गणना गरिने सहमति भएको हो ।
दोलखा मैलुङ गाउँपालिका