News

युवा परिषद्का उपाध्यक्ष ढुङ्गेलले दिए पुनः स्पष्टीकरण

युवा परिषद्का उपाध्यक्ष ढुङ्गेलले दिए पुनः स्पष्टीकरण

काठमाडौँः राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले आफूले ‘कठिन स्थितिमा पनि युवाको हितमा काम गरिरहेको अवस्थामा अपमानित हुने गरी सरकारले स्पष्टीकरण सोधेको’ गुनासो गरेका छन् ।

परिषद्को कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरी उपाध्यक्ष ढुङ्गेलले अहोरात्र खटेर युवा तथा खेलकुद मन्त्रालयको फाइलमा सीमित संस्थालाई सरकार एवं युवासम्बन्धी सङ्घ सङगठन र विभिन्न राजनीतिक दलले गर्व गर्नलायक देशव्यापी सञ्जाल भएको संस्था बनाएको अवस्थामा आफूलाई स्पष्टीकरण सोधिएको बताए ।

उनले भने, “मलाई अत्यन्त अपमानित ढङ्गबाट स्पष्टीकरण सोधी काममा अवरोध उत्पन्न गर्ने काम कार्य आफैँमा दुर्भाग्यपूर्ण छ र यसले मलाई आश्चर्यचकित बनाएको छ ।” उनले सरकारलाई सोही व्यहोराको जवाफ दिएका छन्।

सरकारले ढुङ्गेललाई ‘राष्ट्रिय युवा परिषदका उपाध्यक्षको पदअनुरुपको आचरण नगरेको र पदीय जिम्मेवारी पूरा नगरेकाले परिषद् ऐन, २०७२ को दफा १५ को उपदफा ९२० बमोजिम स्पष्टीकरण’ सोधेको थियो । ढुङ्गेल सो पदमा २०७२ फागुन १९ गते नियुक्त भएका थिए ।

राष्ट्रिय युवा परिषद्

विशेष