News

दोस्रो चरणको चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

दोस्रो चरणको चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडौं : राष्ट्रपति विद्या देवी भण्डारीले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा नेपाली सेनालाई खटाउन स्वीकृति प्रदान गरेकी छिन् ।

सुरक्षा परिषद्को सिफारिसकमा सरकारले जेठ ३१ को चुनावमा सेना परिचालनको निर्णय गरेको थियो । राष्ट्रपति भण्डारीले संविधानको धारा ६६ को उपधारा २ बमोजिम चुनावका लागि सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालनको स्वीकृति प्रदान गरिएको जनाइएको छ ।

वैशाख ३१ गते भएको पहिलो चरणको चुनावमा पनि सेना ‘व्याकअप फोर्स’ का रुपमा परिचालन गरिएको थियो

 

राष्ट्रपति विद्या देवी भण्डारी सेना परिचालन

विशेष