News

४२ स्थानीय तहको मत परिणाम आउन बाँकी

४२ स्थानीय तहको मत परिणाम आउन बाँकी

काठमाडैं : गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट १० हजार ६४० प्रतिनिधि निर्वाचित भएका छन् ।

संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारी अनुसार साेमबार साँझ ५ बजेसम्ममा २८३ स्थानीय तहमध्ये २४१ स्थानीय तहको मतगणना समाप्त भई उम्मेदवारको विवरण प्राप्त भएको निर्वाचन आयोगले औपचारिक रुपमा आज जानकारी गराएको छ ।

अझै ४२ स्थानीय तहको मतदानको पूर्ण विवरण प्राप्त हुन बाँकी नै छ । पछिल्लो विवरणअनुसार नगरप्रमुख वा अध्यक्ष २४१, उपाध्यक्ष÷उपप्रमुख २४१, वडाध्यक्ष दुई हजार ६६, वडा सदस्य चार हजार ८८, महिला सदस्य दुई हजार ४३ र दलित महिला सदस्य एक हजार ९६१ निर्वाचित भइसकेका छन् ।

पहिलो चरणको निर्वाचनका लागि सबै मतदान केन्द्रमा मतदान सम्पन्न भइसकेको छ ।

स्थानीय तह निर्वाचन

विशेष