News

विराटनगर र वीरगन्जलाई महानगर बनाउने सरकारको निर्णय

विराटनगर र वीरगन्जलाई महानगर बनाउने सरकारको निर्णय

काठमाडौं : सरकारले मोरङको विराटनगर र पर्साको वीरगन्ज सहरलाई महानगरपालिका बनाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश नम्बर १ को विराटनगर र प्रदेश नम्बर २ को वीरगन्जलाई महानगर बनाउने निर्णय गरेको हो । यसअघि ललितपुर, भरतपुर र पोखरालाई महानगर बनाउने क्रममा यी दुई सहरलाई छुटाएको भन्दै असन्तुष्टि व्यक्त भएको थियो ।

यसअघि यी दुई सहरलाई महानगर बनाउन मापदण्ड नपुगेको दाबी सरकारले गरेको थियो । अहिले यी दुई सहरमा केही गाउँपालिका र नगर थपेर महानगर बनाएको हो ।

महानगरपालिका हुनको लागि तीन लाख जनसंख्या चाहिन्छ । साथै महानगरका लागि वार्षिक ४० करोड आम्दानी हुनुपर्ने पनि शर्त छ ।

सरकार

विशेष