विदेश

मुस्लिमको विरोधी ट्रम्पले साउदीको गरे खुलेरै प्रसंशा

मुस्लिमको विरोधी ट्रम्पले साउदीको गरे खुलेरै प्रसंशा


जेठ ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम मुलुक साउदी अरवको खुलेर प्रशंसा गरेका छन् ।

४० भन्दा बढी मुस्लिम देशका नेताहरुको रियादमा भएको बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरवको खुलेर प्रशंसा गरेका हुन् । उनले चरमपन्थीहरुलाई बढावा दिने विचारधारालाई समाप्त पार्ने हो कि नयाँ पीढिलाई पनि यसैको संघर्षमा लगाउने भन्नेमा स्पष्ट हुनुपर्ने बेला आएको बताए ।

मुस्लिम समुदायप्रति सधैं तीखो आलोचना गर्ने ट्रम्पले यस पटक भने निकै संयमित भएर प्रस्तुत भएका थिए । उनले साउदी अरेवियाका क्षेत्रीय प्रतिद्वन्द्वी इरानको भने पटकपटक आलोचना गरे ।

तर ट्रम्पले मानवअधिकार र प्रजातन्त्रका विषयमा भने केही उल्लेख गरेनन् । यद्यपी उनले महिलामाथिको दमनका विषयमा भने आलोचना गरे । ट्रम्पले आफ्नो भाषणमा एक पटक पनि कट्टरपन्थी इस्लामी आतंकवाद जस्ता शब्द प्रयोग गरेका थिएनन् ।

विश्लेषकहरुले ट्रम्पको भाषणमा फेरबदल आएको बताएका छन् । ट्रम्पले मुस्लिम देशसँग सम्बन्ध सुधारका लागि बोल्ने शैलीमा सुधारको प्रयास गरेको विश्लेषकहरुको भनाइ छ ।

यसअघि ट्रम्पले मुस्लिम देश र समुदायप्रति निकै कडा र आलोचित प्रतिक्रिया दिँदै आएका थिए ।

Donald Trum In Saudi

विशेष