News

व्यवस्थापिका संसदको अधिवेशन आजबाट सुरु हुने, यस्तो छ तालिका

व्यवस्थापिका संसदको अधिवेशन आजबाट सुरु हुने, यस्तो छ तालिका

जेठ ८ । व्यवस्थापिका–संसद्को अधिवेशन आजबाट सुरु हुने भएको छ ।

संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार पहिलो बैठकमा बैठक आह्वानसम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त भएको पत्र वाचन गरेर सुनाउने कार्यक्रम छ । बैठक सोमबार १३.०० बजेका लागि बोलाइएको छ । बजेट अधिवेशनका रुपमा लिइने बैठकमा सरकारको नीति तथा कार्यक्रम एवम् आर्थिक वर्ष २०७४÷७५ को बजेटसमेत पेस गरिनेछ ।

प्रवक्ता गौतमका अनुसार यही जेठ ९ गते आगामी आवको बजेटको प्राथमिकता र सिद्धान्तका बारेमा छलफल हुनेछ । यस्तै जेठ ११ गते राष्ट्रपति भण्डारीले आगामी आवका लागि सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम छ ।

जेठ १२ र १३ गते नीति तथा कार्यक्रम माथि छलफल हुनेछ । कार्यक्रमअनुसार यही जेठ १५ गते संवैधानिक व्यवस्थाअनुसार आगामी आवको बजेट पेस गरिनेछ ।

samsad baithak

विशेष