प्रधानमन्त्रीद्वारा राजीनामा, जाँदाजाँदै गरे यस्तो निर्णय

प्रधानमन्त्रीद्वारा राजीनामा, जाँदाजाँदै गरे यस्तो निर्णय

काठमाडाैँः पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले  राष्ट्रिय समाचार समितिमा अोपेन्द्र शर्मालार्इ नियुक्ति गरेको छ भने बुढीगण्डकी अायोजनाका लागि चिनियाँ कम्पनीसँग एमअोयु गर्न अर्थमन्त्रालयलार्इ अनुमति  दिने निर्णय गरेको छ । 

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्री परिषद्को बैठकले सो निर्णय गरेको हो । अाजै प्रधानमन्त्री प्रचण्डले केहीबेरमा संसदमा सम्बोधन गर्दै पदत्याग गरेको घोषणा गर्दै छन् । प्रधानमन्त्री दाहालले आफूले राजीनामा गर्न लागेको बारे बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकमा ब्रिफिङ गरेका थिए।

अाजको मन्त्री परिषद्को बैठकले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशकमा शरदविक्रम राणालाई ल्याउने निर्णय गरेको छ । यसअघि हिजोको मन्त्रिपरिषद्को बैठकले पाँच वटा नियुक्तिको निर्णय गरेको थियो।

पञ्चेश्वर विकास प्राधिकरणको कार्यकारी निर्देशकमा कानूनका सहसचिव कौशलचन्द्र सुवेदी, नेपाल पशु चिकित्सा परिषदको अध्यक्षमा डा। सीताराम अर्याल, परिषद्कै सदस्यमा डा स्वयंप्रकाश श्रेष्ठ, परिषद्कै रजिष्टारमा डा नारायण प्रसाद घिमिरे, दुग्ध विकास संस्थान सञ्चालक समितिको अध्यक्षमा रघुनाथ गौतम नियुक्त भएका हुन्।

मन्त्रीपरिषद्को हिजोको बैठकले सुनसरीमा २, सप्तरीमा १, रौतहटमा २, पर्सामा १, धनुषामा १, सर्लाहीमा ३, बारामा १, नवलपरासीमा ३, रुपन्देहीमा ३, कपिलवस्तुमा ३, कैलालीमा १ र बाँकेमा १ गरी २२ वटा स्थानीय तहको संख्या थप गर्ने निर्णय गरेको थियो ।

बैठकले बिराटनगर र बीरगंज उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्ने र साविकका २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्ने निर्णयसमेत गरेको थियो । जसअनुसार झापामा २, सिरहामा १, रौतहटमा ११, धनुषामा १, बारामा १, रुपन्देहीमा २, बाँकेमा २, कैलालीमा १ र महोत्तरीमा ३ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले अहिले केही बेरमा संसदमा सम्बोधन गरेपछि राष्ट्रपति भवनमा गएर राजीनामा दिँदैछन्। उनले पूर्वसहमति अनुसार नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालार्इ नेतृत्व हस्तान्त्रण गर्न लागेका हुन् । राजीनामा दिए पनि संसदले अर्को प्रधानमन्त्री नचुनेसम्म यही मन्त्रिपरिषद्ले कामचलाउ सरकारको रुपमा दैनिक कामकाज गर्नेछन्।

संम्बधित खबर

विशेष