News

जेठ ११ मा भोटो जात्रा

जेठ ११ मा भोटो जात्रा

ललितपुर । सोमबार साँझ रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पु¥याइएको छ । रथलाई थतिटोलबाट जावलाखेल पु¥याइएको हो ।

रथलाई जावलाखेल पु¥याइएको चौथो दिनमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने चलन छ । जेठ ११ गते भोटो जात्रा परेको छ । यस पटकको रथ जात्रा गत वैशाख १७ गतेबाट सुरु भएको थियो ।

भोटो देखाउने दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने चलन छ । भोटोको स्वामित्वलाई लिएर विवाद भएपछि प्रमाण लिएर आउनेलाई दिइनेछ भनी भोटो देखाउने चलन परम्परादेखि चल्दै आएको हो ।

Bhoto Jatra

विशेष