विदेश

म्यन्चेस्टर आत्मघाती आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लियो, मृत्यु हुनेको संख्या २२ पुग्यो

म्यन्चेस्टर आत्मघाती आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लियो, मृत्यु हुनेको संख्या २२ पुग्यो

बेलायतको म्यन्चेस्टरमा भएको आत्मघाती आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट (अाइएस)ले लिएको छ। सोमबार राति भएको सो अाक्रमणमा परि १९ जनाको घटना स्थलमै र ३ जनाको उपचारको क्रममा मृत्यु भएको भएको छ ।

आक्रमणमा परी ५९ व्यक्ति घाइते भएका भएका छन् भने केही ब्यक्ति अझै हराइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आक्रमणमा मारिनेमध्ये १८ वर्षीया जर्जिना क्यालान्डरको सनाखत भएको प्रहरीले जनाएको छ।

इस्लामिक स्टेटको आधिकारिक समाचार संस्था अमाकलार्इ उद्धृद गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार इराक र सिरियामा भएको हवाइ आक्रमणको ‘बदला’ का लागि म्यान्चेस्टर आक्रमण गरिएको हो।

सोमबार साँझ आयोजित सङ्गीतमय सन्ध्याको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै स्थानीय समयानुसार राति १०ः३५ बजे (नेपाली समय अनुसार मङ्गलबार बिहान सवा चार बजे तिर) म्यान्चेस्टर सङ्गीतस्थल (एरिना) परिसरमा भयानक आवाज सहित उक्त बम बिस्फोट भएको थियो ।

स्थानीय अधिकारीहरुले तत्कालै म्यान्चेस्टर एरिना परिसरदेखि सँधै अति ब्यस्त रहने भिक्टोरिया रेल्वे स्टेसनसम्मको क्षेत्र र बाटा, घाटाहरु पूरै नियन्त्रणमा लिएर कडा जाँच गर्दै घटनाको छानबीन र बिस्फोटनकारीको आशङ्कित समूहलाई पक्राउ गर्ने प्रयास गरेका छन् । उक्त क्षेत्रभरी बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

विशेष