News

संसद् बैठक अझै शुरु हुन सकेन, प्रधानमन्त्रीको राजीनामा अन्योलमा

संसद् बैठक अझै शुरु हुन सकेन, प्रधानमन्त्रीको राजीनामा अन्योलमा

काठमाडाैँः पटक–पटक स्थगित हुँदै साँझ ५ बजेको लागि तय गरिएको व्यवस्थापिका–संसदको बैठक अझैं बस्न सकेको छैन । मंगलबार विहन ११ बजे बस्ने भनिएको संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गर्ने बताएपछि बैठक बस्न नसेको हो ।

स्थानीय तहको संख्या र सीमा हेरफेर गर्ने सरकारको निर्णयको विरोधमा प्रमुख प्रतिपक्षी एमालेले संसद बैठक अवरुद्ध गर्ने बताएपछि सहमतिको प्रयासका लागि बैठक पटक पटक सारिएको हो । संसद खुलाउने प्रयासस्वरुप अहिले सभामुख ओनसरी घर्तीसहित प्रमुख दलका शीर्ष नेताहरुको बैठक नयाँ वानेश्वरस्थित संसद भवनमा सुरु भएको छ ।

संसद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने बर्खे अधिवेशनका रुपमा सोमबारदेखि शुरु भएको बैठकको आजको कार्यसूचीमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४/७५ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने भन्ने रहेको छ ।

सभामुखको कार्यकक्षमा जारी उक्त बैठकमा संसद खुलाउने विषयमा छलफल केन्द्रीत रहेको र छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत सहभागिता रहेको छ । यसअघि संसद भवनमै तीन दलका नेताहरुको बैठक बसेको भएपनि सहमति जुट्न नसकेपनि सभामुखकै पहलमा शीर्ष बैठक बसेको हो ।

व्यवस्थापिका–संसद् बैठक

विशेष