News

संसद् बैठक बुधरबार ११ बजेसम्मको लागि स्थगित, प्रधानमन्त्रीको राजीनामा के होला ?

संसद् बैठक बुधरबार ११ बजेसम्मको लागि स्थगित, प्रधानमन्त्रीको राजीनामा के होला ?

काठमाडौँः पटक–पटक स्थगित हुँदै साँझ ५ बजेको लागि तय गरिएको व्यवस्थापिका–संसदको बैठक स्थगित गरिएको छ । मंगलबार विहन ११ बजे बस्ने भनिएको संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरुद्ध गर्ने बताएपछि बैठक बस्न नसेको हो ।

बैठक भोली बुधबार ११ बजेसम्मबा लागि स्थगित गरिएको छ । मंगलबारको संसद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विशेष सम्बोधन गरी राजीनामा दिने कार्यक्रम रहेको थियो । बैठक बस्न नसकेपछि प्रधानमन्त्रीको राजीनामा पनि पछि धकेलिएको छ ।

त्यस्तै, आजैको बैठकमा बर्खे अधिवेशनका रुपमा सोमबारदेखि शुरु भएको बैठकको आजको कार्यसूचीमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४ ७५ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने भन्ने रहेको थियो ।

स्थानीय तहको संख्या र सीमा हेरफेर गर्ने सरकारको निर्णयको विरोधमा प्रमुख प्रतिपक्षी एमालेले संसद बैठक अवरुद्ध गर्ने बताएपछि सहमतिको प्रयासका लागि बैठक पटक पटक सारिएको थियो । आफूहरुको सहमतिबिना स्थानीय तह थपेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बसेको तीन दलको बैठकमा पनि कडा आपत्ति जनाएका थिए ।

संसद खुलाउने प्रयासस्वरुप सभामुख ओनसरी घर्तीसहित प्रमुख दलका शीर्ष नेताहरुको बैठक नयाँ वानेश्वरस्थित संसद भवनमा सुरु गरेपनि बिना निष्कर्ष टुंगिएको थियो ।

 

विशेष