एमालेले भन्यो तत्काल सरकार परिवर्तन नगरौं

एमालेले भन्यो तत्काल सरकार परिवर्तन नगरौं


जेठ ९ । प्रमुख प्रतिपक्षी दल एमाले तत्काल सरकारको नेतृत्व परिवर्तनको विपक्षमा उभिएको छ ।

तत्काल नेतृत्व परिवर्तन निर्वाचन आचारसंहिताविपरीत हुने भन्दै एमाले विपक्षमा उभिएको हो । सरकार परिवर्तनको खेलले ३१ जेठका लागि तोकिएको दोस्रो तहको निर्वाचनको मिति अनिश्चित बन्न सक्ने एमालेको ठहर छ ।

‘निर्वाचन आचारसंहिता लागू भइरहेको अहिलेको अवस्थामा खरदार, सुब्बा तहका कर्मचारीको सरुवा र नियुक्ति त हुन नसक्ने हुन्छ, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने,

यस्तो अवस्थामा सरकार परिवर्तनका कुराले तोकिएको दोस्रो चरणको निर्वाचन समयमै हुन्न कि भन्ने हामीलाई गम्भीर चिन्ता छ।

नयाँ पत्रिका

संम्बधित खबर

विशेष