News

बैतडीमा जिप दुर्घटना १४ घाइते ३ को अवस्था गम्भीर

बैतडीमा जिप दुर्घटना १४ घाइते ३ को अवस्था गम्भीर


जेठ ९ । बैतडीको दशरथचन्द राजमार्गमा सोमबार साँझ जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा बैतडीको सुर्नया गाउँपालिका–८ सिखरपुरका ३२ वर्षीय धनीराम लुहार, सोही ठाउँका २२ वर्षीय इन्द्रराम लोहार र बल्देव विक रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिए ।

गम्भीर घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागि कैलाली रिफर गरिएको उनले बताए । अन्य घाइतेको उपचार जिल्ला अस्पताल बैतडीमा भइरहेको छ । बैतडीको खोडपेबाट सदरमुकाम गोठलापानीका लागि छुटेको से १ ज २४५ नम्बरको जिप सोमबार साँझ ७ बजे दशरथचन्द राजमार्गको दशरथचन्द नगरपालिका–४ छेला नजिक दुर्घटनामा परेकोे हो ।

जिप चालक दशरथचन्द नगरपालिका–२ का आनन्द बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिप सडकवाट २० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको बताइएको छ ।

road accident

विशेष