News

चाँगुनारायणम ५ बजेबाट पुनः मतगणना

चाँगुनारायणम ५ बजेबाट पुनः मतगणना

भक्तपुरः भक्तपुरको चाँगुनारायण नगरपालिकामा आज साँझ पाँच बजेबट पुनः मतगणना हुने भएको छ । सर्व दलीय बैठक पछि ३ र ४ नंबर वडाको पुनः मतगणना गर्ने निर्णय भएको हो ।

उक्त क्षेत्रमा मतगणनामा गडबडी भएको भन्दै एमालेबाहेकका दलले विरोध गरेपछि शुक्रबार मतगणन रोकिएको थियो ।
मतगणना स्थगित भएपछि पटकपटक बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगमा सहमतिबारे निर्णय लिनका लागि पत्राचार गरेको थियो ।

निर्वाचन आयोगले सोमबार मतपरिणाम घोषणा हुन बाँकी रहेको वडाका हकमा पुनःमतगणना गर्नसक्ने तर दलको सहमति लिएर निर्णय गर्नु भन्ने जवाफ पठाएको थियो ।

सोही अनुुसार बुधबार बसेको सर्वदलीय बैठकले घोषणा भइसकेका १ र २ नम्बर वडाको केही नगर्ने तर, घोषणा हुन बाँकी रहेका ३ र ४ नम्बर वडाको भने पुनः मतगणना गर्ने सहमति भएको थियो ।

changunarayan

विशेष