मतपत्र च्यतिएपछि स्ववियुकाे मतगणना स्थगित
धनगढी : धनगढीस्थित कैलाली बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको चुनावपछि मतगणनाका क्रममा आज मत च्यातिएपछि गणनाको काम स्थगित भएको छ ।
आज मतगणना भइरहँदाभित्र प्रवेश गरेको एक समूहले मतपत्र च्यातेपछि मतगणना स्थागित गर्नुपरेको निर्वाचन समितिका श्यामराज जोशीले बताए । मतपत्र च्यातेको आरोपमा प्रहरीले नेविसङ्घका केही विद्यार्थी नेतालाई पक्राउ गरेको छ । मत गणनामा अनेरास्ववियुका सभापति उम्मेदवारले अग्रता लिइरहदा मतपत्र च्यातिएको जनाइएको छ ।
सात नम्बर प्रदेशको सबै भन्दा ठूलो र झन्डै चार हजार विद्यार्थी भएको कैलाली बहुमुखी क्याम्पसमा मङ्गलबार स्ववियुको निर्वाचन भएको थियो । क्याम्पसमा यसअघि गत फागुनमा स्ववियुको चुनाव हुन सकेको थिएन ।
धनगढी स्ववियु निर्वाचन मतगणना