News

दाहालले प्रधानमन्त्रीको पदबाट दिएको राजीनामा स्वीकृत

दाहालले प्रधानमन्त्रीको पदबाट दिएको राजीनामा स्वीकृत

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । बुधबार देशबासीको नाममा सम्बोधन गर्दै नेपाली काँग्रेससँग भएको पूर्वसहमति अनुसार प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

उनले दिएकाे राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेकी हुन् । दाहालले प्रधानमन्त्रीको पदबाट दिएकाे राजीनामा पत्र राष्ट्रपति निवास शितल निवासमा लगेर बुझाएका थिए ।

नेपाली कांग्रेस तथा केही साना दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए। कांग्रेस र माओवादी केन्द्रबीच दुबै पार्टीले आलोपालो सरकार चलाउने सहमति भएको थियो ।

 

विशेष