व्यापार

आजबाट भक्तपुर साझामा सरर...

आजबाट भक्तपुर साझामा सरर...


जेठ १० । साझा यातायलते आजबाट भक्तपुरमा बस सञ्चालन गर्ने भएको छ । दुई महिनादेखि यातायात व्यवसायी महासंघको विरोधका कारण रोकिएको भक्तपुरको रुटपरमिट साझाले सोमबार पाएको हो ।

साझायातायातका अनुसार पहिलो चरणमा भक्तपुरको नयाँबाटो हुँदै सुर्यविनायक बसपार्क पुग्ने २० वटा बस सञ्चालन गरिने छ । साझाका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले स्यम्भुबाट कलंकी–कालीमाटी–त्रिपुरेश्वर–रत्नपार्क–माइतीघर–बानेश्व–कोटेश्वर हुँदै सूर्यविनायक रुपमा बस सञ्चालन हुने छन् । उक्त बस विहान ६ बजेबाट बेलुका ९ बजे सम्म समय तोकिएको उनले भने ।

उक्त बसमा अपंगता भएकाहरुलाई पनि आरामदायी यात्रा गर्न सकिने बताए ।

Sajha Bus

विशेष