News

पोखरामा एमालेको जित लगभग सुनिश्चित, कांग्रेसका कुँवरले हार स्वीकारे

पोखरामा एमालेको जित लगभग सुनिश्चित, कांग्रेसका कुँवरले हार स्वीकारे

कास्की : पोखरा लेखनाथ महानगरपालिकाको ८६ प्रतिशत मत गणना सम्पन्न हुँदा मेयरमा एमालेका मानबहादुर जिसीको जित लगभग सुनिश्चित भएको छ ।

३३ वडामध्ये २९ वडाको मत परिणाम आउँदा जिसी कांग्रेसका उम्मेदवार रामजी कुँवर भन्दा ११ हजार ९ सय २ मतले अघि छन् । एमाले उम्मेदवार जिसीले ५१ हजार २ सय १७ मत प्राप्त गरेका छन् । कांग्रेसका कुँवरले ३९ हजार ३ सय १५ मत प्राप्त गरेका छन् ।

अब ४ वटा वडाको १८ हजार ७ सय २७ मतको परिणाम आउन बाँकी छ । यसैबिच कांग्रेसका मेयरका उम्मेद्वार रामजी कुँवरले पनि हार स्वीकार गरेका छन् ।उनले अब जित्ने सम्भावना नरहेको बताउँदै जितको नजिक रहेका एमाले उम्मेद्वार मानबहादुर जिसीलाई बधाई दिएका छन् ।

मत परिणाम आउन बाँकी ४ वटा वडा मध्ये पनि वडा नम्बर ३१ र ३३ मा एमालेलाई निकै बलियो रुपमा हेरिएको छ । ३० र ३२ मा भने प्रतिस्पर्धा हुने देखिएको छ ।

पोखरा लेखनाथ महानगरपालिका

विशेष