News

निर्वाचन आयोगले भन्यो, 'दोस्रो चरणको निर्वाचन हुन सक्दैन'

निर्वाचन आयोगले भन्यो, 'दोस्रो चरणको निर्वाचन हुन सक्दैन'

निर्वाचन आयोगले परिर्वतित स्थानीय तहअनुसार जेठ ३१ गते हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुन नसक्ने संकेत दिएको छ । प्रचण्ड नेतृत्व सरकारले जाँदाजाँदै स्थानीय तह थप गरेपछि आयोगले थपिएका स्थानीय तहलाई लिएर यस्तो संकेत दिएको हो ।

आयोगले विहीबार एक विज्ञप्ति जारी गर्दै पहिलकै ४६१ स्थानीय तहमा चुनाव गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । सरकारले तराई मधेसका १२ जिल्लामा २४ स्थानीय तह थप गरेको थियो । वीरगञ्ज र बिराटनगर उमहानगरपालिलाई महानगर बनाउने र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय गरेको थियो । सरकारले परिवर्तन भएअनुसार निर्वाच व्यवस्था मिलाउन आयोगलाई पत्राचरसमेत गरेका छ ।

तर, आयोगले सरकारले भने अनुसार निर्वाचन गराउन नसिकने बताएको छ । परिर्वतन भएका गाउँपालिका तथा नगरपालिकाको वडा संख्या लगायतका विस्तृत विवरण अझैसम्म नपाएको भन्दै आयोगले यो प्राप्त भएपछि त्यस अनुसार मतदानता नामावली र स्थानीय तहको केन्द्रमा र्पुयाउन सम्भव नभएको बताएको छ ।

‘परिवर्तित गाउँपालिका तथा नगरपालिकाको विस्तृत विवरण् प्राप्त भएपछि ती गाउँपालिका तथा नगरपालिकाको वडागत तथा मतदान केन्द्रगत विवरण खुलेको मतदाता नामावली तयार गर्न र तयार भएको मतदाता नामावली जेठ १५ सम्म सम्पूर्ण गाउँपालिका तथा नगरपालिकाको केन्द्रमा पठाउन प्राविधिकरुपले असम्भव हुने अवस्था विद्यमान छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘मतदाताको परिर्वतित ठेगाना अनुरुप मतदाता परिचय पत्र छपाई गरी जेठ २७ गतेसम्म सम्वन्धित मतदान केन्द्रमा पुग्ने गरी व्यवस्थापन गर्न नसकिने जानकारी गराइन्छ ।

यसका साथै आयोगले नयाँ थपिने गाउँपालिका तथा नगरपालिकाको लागि निर्वाचन अधिकृत नियुक्ति गरी निर्वाचन कार्यालय स्थानपन गर्न पनि कठिनाइ रहेको बताएको छ । बिहीबार बसेको निर्वाचन आयोगको बैठकले यसअघि प्रकाशित निर्वाचन कार्यक्रम अनुसार ४६१ स्थानीय तहमा चुनाव गराउने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।

विशेष