News

सरकारको नीति तथा कार्यक्रम पुरानै योजनालाई निरन्तरता

सरकारको नीति तथा कार्यक्रम पुरानै योजनालाई निरन्तरता

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकी छिन् । सरकारका तर्फबाट राष्ट्रपति भण्डारीले व्यवस्थापिका–संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

पुरानै योजनालाई निरन्तरता दिने गरी नीति तथा कार्यक्रम विहीबार प्रस्तुत गरिएका छ । दोस्र्रो चरणको स्थानीय तहको निर्वाचन र निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै सरकारले नयाँ कायर्क्रमहरु नल्याएको हो ।

कार्यक्रममा संविधान कार्यान्वयनका लागि संघ र प्रदेशसभाको चुनाव तथा राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकता दिइने उल्लेख गरिएको छ । त्यसैगरी पुनर्निर्माणलाई तीव्रता दिने, स्थानीय तहलाई आवश्यक कर्मचारीको ब्यवस्थापन गर्ने, प्रदेशलाई आवश्यक स्रोत, साधन र जनशक्तिको ब्यवस्था लिने नीति सरकारले लिएको छ ।

दिगो आर्थिक वृद्धि, स्वरोजगार, उज्यालो नेपाल अभियान, निर्माणाधीन जलविद्युत आयोजनालाई अघि बढाउने, प्रत्येक स्थानीय तहमा न्युनतम् पुर्वाधार र्पुयाउने, सडकका पूर्वाधार फ्लाइ ओभर, सुरुङमार्गको निर्माण अघि बढाउने, रेलमार्गको काम निरन्तर अघि बढाउने जस्ता विषयलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पदबाट राजीनामा दिएको भोलिपल्ट राष्ट्रपति भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । मन्त्रिपरिषद्को यही जेठ ७ गतेको बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो ।

विशेष