एमालेको विरोधपछि संसद बैठक शुक्रबार सम्मको लागि अवरुद्ध
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गरेका कारण संसद बैठक शुक्रबार सम्मको लागि स्थगित भएको छ ।
सरकारले स्थानीय तहको संख्या बढाउने भनी गरेको निर्णयको विरोधमा दुई दिनदेखि संसद अवरोध गर्दै आएको एमालेले बिहीबार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि पहिलो बैठक चल्न दिएको थियो ।
राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेश गर्न दिएको एमालेले त्यसपछि बसेको बैठक अवरोध गरेको हो ।