व्यापार

काठको आयात प्रतिस्थापन गरिने

काठको आयात प्रतिस्थापन गरिने

सरकारले वन क्षेत्रको वैज्ञानिक एवम् दिगो व्यवस्थापन गरी वनजन्य उत्पादनमा आयात प्रतिस्थापन गर्ने नीति लिएको छ ।

व्यवस्थापिका–संसद्मा आगामी आवको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे–तराई मधेस संरक्षण तथा व्यवस्था गुरुयोजना कार्यान्वयनमा ल्याइने उल्लेख गरिन् । वातावरण तथा जलवायुमैत्री पूर्वाकारको विकासमा जोड दिइने उल्लेख गर्दै उनले आर्थिक रुपले महत्वपूर्ण वनस्पति तथा जडीबुटीको प्रशोधनमा निजी तथा सामुदायिक संस्थालाई सहभागी गराइने बताइन् ।

नीति तथा कार्यक्रममा प्रत्येक सहरको प्राकृतिक स्रोत, ऐतिहासिक, सामाजिक, सांस्कृतिक पहिचान र आर्थिक सामथ्र्यका आधारमा गतिशील निर्माणलाई निरन्तरता दिइने उल्लेख छ । प्रदेश राजधानीमा सहरी पूर्वाधारको विकास गरिने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले एकीकृत, व्यवस्थित, वैज्ञानिक, सुरक्षित र हरित गाउँसहर निर्माणमा स्थानीय तहको नेतृत्वलाई बढी जिम्मेवार बनाई अधिकारसम्पन्न र क्षमतायुक्त बनाइने बताइन् ।

सरकारको नीति तथा कार्यक्रममा स्वच्छ खानेपानी नागरिकको पहुँच अभिवृद्धि गरिने र राष्ट्रिय गौरवका आयोजनालगायत प्राथमिकता प्राप्त खानेपानी आयोजना तथा कार्यक्रम कार्यान्वनमा जोड दिइने उल्लेख छ । खानेपानीको उत्पादन तथा वितरणमा स्थानीय तहलाई जिम्मेवार बनाउँदै लगिने पनि उल्लेख छ ।

काठ आयात प्रतिस्थापन

विशेष