News

स्थानीय तह निर्वाचनबाट तेह्र हजार जनप्रतिनिधि निर्वाचित

स्थानीय तह निर्वाचनबाट तेह्र हजार जनप्रतिनिधि निर्वाचित

गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट हालसम्मको मत परिणामानुसार १२ हजार ९६४ प्रतिनिधि निर्वाचित भएका छन् । संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारीअनुसार हालसम्म २८३ स्थानीय तहमध्ये २७८ स्थानीय तहको मतगणना सकिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा आज जारी प्रेस विज्ञप्ति उल्लेख छ ।

पछिल्लो विवरणानुसार नगर प्रमुख वा अध्यक्ष २७८, उपाध्यक्ष-उपप्रमुख २७८, वडाध्यक्ष दुई हजार ५१३, वडा सदस्य पाँच हजार २०, महिला सदस्य दुई हजार ५०८ र दलित महिला सदस्य दुई हजार ३६७ जना निर्वाचित भएको आयोगले जनाएको छ। अब पाँच स्थानीय तहको विवरण आउन बाँकी छ ।

स्थानीय तह निर्वाचन जनप्रतिनिधि

विशेष