कामपाको ८ वटा वडाको मात्र मतपरिणाम आउन बाँकी, मेयरमा एमालेकाे अग्रता कायमै

कामपाको ८ वटा वडाको मात्र मतपरिणाम आउन बाँकी, मेयरमा एमालेकाे अग्रता कायमै

काठमाडौँः काठमाडौँ महानगरपालिकामा अब आठ वटा वडाको मात्र मतपरिणाम आउन बाँकी रहँदा नेकपा(एमाले)को अग्रता कायमै छ ।

३२ वडा रहेको सो महानगरमा २४ वडाको नतिजा सार्वजनिक भइसक्दा एमालेका विद्यासुन्दर शाक्यले ५२ हजार ३९० मत प्राप्त गरेका छन् । त्यसैगरी प्रमुख पदकै लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिनुभएका राजुराज जोशीले ३६ हजार ९८१ मत ल्याएका छन्।

नेकपा(माओवादी केन्द्र)का सर्वोत्तम डङ्गोलले पाँच हजार ९७८, साझा पार्टीका किशोर थापाले १४ हजार ८६१ र विवेकशील पार्टीकी रञ्जु दर्शनाले १९ हजार २५६ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखका लागि काँग्रेसकी हरिप्रभा खड्गीले अग्रता कायम गरिरहेका छन् । उनले हालसम्ममा ४८ हजार १०१, राप्रपाका राजाराम श्रेष्ठले २८ हजार ४२०, माओवादी केन्द्रका सुशीला पौडेलले आठ हजार ५३ र साझा पार्टीकी निरुपमा यादवले नौ हजार ४७६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।

एक लाख ७२ हजार ६८३ मत खसेकामा हालसम्ममा एक लाख ५९ हजार १७५ मत गणना भइसकेको छ । हालसम्ममा १३ वटा वडामा एमाले र ११ वडामा काँग्रेसले जित हासिल गरेका छन् । 

संम्बधित खबर

विशेष