विदेश

आप्रवासी सवार डुंगा दुर्घटनामा ३४ जनाको मृत्यु

आप्रवासी सवार डुंगा दुर्घटनामा ३४ जनाको मृत्यु

जेठ ११ । लिबियाली तट क्षेत्रमा एक डुंगा दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । इटालियन तटरक्षक टोलीका अनुसार आप्रवासी सवार सो डुंगामा करिब ५ सय जना थिए ।

अचानक सन्तुलन बिग्रिएपछि करिब दुई सय जना समुद्रमा खसेको बताइएको छ । तीमध्ये अधिकांशलाई उद्धार गरिए पनि केहीलाई भने बचाउन नसकिएको जनाइएको छ ।

लिबियाको तटबाट करिब ३० समुद्री माइलको दुरीमा सो दुर्घटना भएको हो । ठूलो लहरका कारण सन्तुलन गुमाउँदा उक्त दुर्घटना भएको बताइएको छ ।

विशेष