विदेश

हृदयविदारक घटना, मृत्युको अन्त्यसम्म पनि आफ्नो बच्चाको भोक मेट्दै आमा

हृदयविदारक घटना, मृत्युको अन्त्यसम्म पनि आफ्नो बच्चाको भोक मेट्दै आमा

जेठ १२ । भारतको मध्यप्रदेश राज्यस्थित भोपालमा एउटा हृदयविदारक घटना प्रकाशमा आएको छ ।

बुधबार बिहान स्थानीय रेल स्टेशन कै गेटमा एक महिलाको शव फेला परेको छ भने उनको शवसँगै १७ महिने बालक लुटुपुटु गरिरहेको अवस्थामा स्थानीयले उद्धार गरेका छन् ।

स्थानीय समय अनुसार बिहान ६ बजे स्थानीयले महिलाको शवसँगै बालकलाई फेला पारेका हुन् । टाउकोमा चोट लागेको अवस्थामा महिलाको शव भेटिएको थियो भने ती बालक दुध चुसिरहेको अवस्थामा फेला परेका थिए ।

भारतीय संचारमाध्यमले जनाएअनुसार ती महिलाको मृत्युको कारण खुल्न सकेको छैन । कुनै रेलले ठक्कर दिएर रन्थनिदैं ती महिला गेटसम्म पुगेको र अन्तिम समयसम्म पनि आफ्नो छोरालाई दूध खुवाइरहेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

मृत आमाको दूध चुसिरहेको बालकलाई उद्धारकर्मीहरुले बोक्नासाथ ती बालक आमाको शवतिर हेर्दै रोएको परिदृष्यलाई पनि भारतीय संचारमाध्यमले चित्रण गरेका छन् ।

महिला र बालकको सनाखत हुन सकेको छैन । महिलाका साथबाट केही नगद र गहनासमेत बरामद भएका कारण लुटपाटका उद्देश्यले उनको हत्या भएको आशंका गर्ने ठाउँ नरहेको प्रहरीको भनाइ छ ।

विशेष