विदेश

नेटोको हेडक्वाटरमा ट्रम्पको तमासा (भिडियोसहित)

नेटोको हेडक्वाटरमा ट्रम्पको तमासा  (भिडियोसहित)


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै उनले एकपछि अर्को गर्दै विभिन्न विवादमा मुछिएका छन् ।

उनले नेटो हेडक्वार्टरभित्रै नेटो सदस्य देशकै अर्का प्रधानमन्त्रीलाई घचेट्दै बीचमा गएर फोटा खिच्न खोजेपछि उनको चर्को आलोचना भएको हो ।

बेल्जियमको राजधानी ब्रसेल्समा नेटोप्रति अमेरिकी सहयोगको निरन्तरताको घोषणा गर्दै आफ्नो सम्बोधन सके । अमेरिकामा ट्रम्पको जितसँगै सशंकित बनेका नेटो सदस्यहरु नेटोप्रतिको फेरिएको ट्रम्पको नीतिले हौसिएका थिए । यहीबीचमा त्यहाँ जम्मा भएका विभिन्न देशका उच्च अधिकारीहरु सामुहिक तस्विरका लागि जम्मा हुँदै थिए । कुनाबाट मञ्चतर्फ आइरहेका ट्रम्प तस्विरको कुनामा बस्ने कुरै भएन । त्यसैले उनी हत्तारिदै कार्यक्रमको मुख्य आकर्षण बन्न बीचतर्फ लम्किए । जहाँ उनीभन्दा अघि थिए मोन्टेनेग्रोका प्रधानमन्त्री डस्को मार्कोभिच ।

ट्रम्पले मार्कोभिचलाई घचेड्दै दुई कदम अघि सरे । उनले गरेको यस्तो व्यवहार देख्ने वित्तिकै उपस्थित पत्रकारहरुको ध्यान त्यसतर्फ मोडिनु नौलो भएन । पहिले देखिकै क्रियाकलामा पत्रकारहरुले नियालीरहेका थिए । मार्कोभिचलाई धकेलेको दृश्य भेटेपछि त पत्रकारहरुलाई मसाला नै बन्यो । क्षण भरमै त्यो दृश्य भाइरल बन्न पुग्यो ।

हेर्नोस् भिडियो 

 

सायद ट्रम्पलाई आफूले गरेको अभद्र शैली विषयमा महसुस भएको हुनुपर्छ उनले हत्तपत्त माहोल मिलाउने खोजे । आफ्नो गल्ती ढाकछोप गर्न खोजे । हत्तपत्त कोट मिलाउँदै सभ्य र नम्र बन्न खोजे पनि यो सम्भव भएन । क्षणभरमै यी दृश्य सामाजिक सञ्जालमा भाइरल बनिसकेका थिए ।

Donal Trump

विशेष