News

अव ७६६ स्थानीय तह, यी हुन थपिएका स्थानीय तह

अव ७६६ स्थानीय तह, यी हुन थपिएका स्थानीय तह

काठमाडौः संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह थपिएको प्रतिवेदन राजपत्रमा प्रकाशित गरेको छ । निर्वाचन आयोगले पछि थप गरिएको स्थानीय तहको प्रतिवेदन नपाएको गुनासो गर्दै आएको थियो । मन्त्रालयले तह थपिएको प्रतिवेदन आयोगसमेत पठाएको छ ।

सरकारले गत सोमबार मधेस केन्द्रीत दलको माग सम्बोधन गर्न दुई उपमहानगरलाई महानगर र २४ गाउँपालिकालाई नगरमा स्तरोन्नती गर्नुका साथै २२ स्थानीय तह थपेको थियो । यो सँगै ७ सय ४४ स्थानीय तहको संख्या अब बढेर ७ सय ६६ पुगेको छ ।

तर, निर्वाचन आयोगले भने साविकका ४६१ स्थानीय तहमा मात्र जेठ ३१ मा निर्वाचन गर्न सकिने प्रष्ट पारेको छ । राजपत्रमा प्रकाशित भएपछि नयाँ स्थानीय तह स्वतः कार्यान्वयनमा आउनेछन् ।

स्थानीय तह हेर्ने यहाँ क्लिक गर्नुहोस्

विशेष