News मनोरञ्जन

‘नेपाल आइडल’लाई टक्कर दिन आयो ‘हिमालय रोडिज’ (टिजरसहित)

‘नेपाल आइडल’लाई टक्कर दिन आयो ‘हिमालय रोडिज’ (टिजरसहित)

काठमाडाैँः अन्तर्राष्ट्रिय टेलिभिजन जगतमा चर्चित ‘रोडिज सो’को नेपाली संस्करणको टिजर सार्वजनिक भएको छ ।

जेठ अन्तिम सातादेखि हिमालय टेलिभिजनमार्फत प्रशारण हुन लागेको फ्रान्चाइज ‘रोडिज सो’का लागि हिमालय टेलिभिजनले भारी रकम ‘कपि राइट होल्डर’लाई बुझाएर नेपालमा भित्र्याएको हो ।

‘हिमालय रोडिज’का निर्देशक अमनप्रताप अधिकारीका अनुशार हप्तामा एक भाग प्रशारण हुने रोडिजको १८ भाग दर्शकहरुले हेर्न पाउनेछन् ।

कौतुहलता सिर्जना गर्ने, सस्पेन्स उत्पन्न गर्ने र साहसिक प्रतिस्पर्धाका लागि रोडिज सो विश्वमै प्रख्यात छ । यस्तो सोको नेपाली संस्करण नै ‘हिमालय रोडिज’ हो ।

साहसिक प्रतिस्पर्धाको यो कार्यक्रममा दीया मास्के, रेमन दास श्रेष्ठ र लाहुरे (आशिष राना) निर्णायक छन् । विजेताले २० लाख रुपैयाँसम्म जित्न सक्छन् । नेपाली टेलिभिजनका लागि यो कार्यक्रम नयाँ हो । भारतमा रोडिजको १४ औं संस्करण प्रशारण भइरहेको छ ।

पछिल्लो समयमा नेपालका दुई टेलिभिजनले अन्तर्राष्ट्रिय ख्यातीप्राप्त कार्यक्रम नेपालमा भित्र्याउने साहस गरेका छन् । अमेरिकन आइडलको फ्रेन्चाइज ‘नेपाल आइडल’ एपी वान टेलिभिजनले प्रशारण गरिरहेको छ भने हिमालय रोडिज प्रशारणको अन्तिम तयारी भइरहेको छ ।

कार्यक्रमका निर्देशक अधिकारीले ‘हिमालय रोडिज’ नेपाली दर्शकका लागि रुचिकर हुने विश्वास व्यक्त गरे ।

हिमालय रोडिज

विशेष