विदेश

इन्डोनेसिया आत्मघाती आक्रमणको आइएसद्वारा दाबी

इन्डोनेसिया आत्मघाती आक्रमणको आइएसद्वारा दाबी

जाकार्ताः इन्डोनेसियाको जाकार्ता सहरमा रहेको एक बस स्टेसनमा भएको दुई वटा आत्मघाती बम आक्रमणको इस्लामिक स्टेट्स (आइएस) समूहले जिम्मा लिएको छ ।

इन्डोनेसियाली सुरक्षाबललाई लक्ष्यगरी गरिएको यो पछिल्लो आक्रमणमा परी तीन सुरक्षाकर्मीको ज्यान गएको छ । यस आक्रमणको जिम्मा आइएसआवद्ध जमाह अन्सारुत दाउलाह (जेएडि)ले लिएको छ ।

इन्डोनेसियाको राजधानीमा अवस्थित कम्पुङ्ग मेलायु नामक अति व्यस्त भइरहने बस स्टेसनमा दुई आत्मघाती आक्रमणकारीले बुधबार अबेर राति गरेको आक्रमणमा परी तीन सुरक्षकर्मीको मृत्यु हुनुका साथै अन्य पाँच सुरक्षा अधिकारी घाइते भएका थिए । त्यसैगरी यस आक्रमणमा परी अन्य पाँच सर्वसाधारण घाइते भएका छन् ।

प्रंहरीका अनुसार भने यो आक्रमण आइएसआवद्ध आतङ्ककारी समूहले गरेको अनुमान रहेको छ । तर यस आक्रमणको विस्तृत विवरण भने दिइएको छैन् ।प्रहरीका अनसुार आइएसआवद्ध आतङ्ककारी समूहले यसको जिम्मा लिएको भनिएता पनि प्रत्यक्षरुपमा भने प्रहरीलाई जानकारी नभएको प्रहरीले जनाएको छ । एएफपी

विशेष