विदेश

अब भुटानीहरुलाई अमेरिका जान भिसा नचाहिने, यस्तो सुविधा नेपालीले पाउलान् ?

अब भुटानीहरुलाई अमेरिका जान भिसा नचाहिने, यस्तो सुविधा नेपालीले पाउलान् ?

एजेन्सी– भुटानी नागरिकहरुलाई भिसा बिना नै ६ महिना अमेरिका भ्रमण र व्यापारका लागि खुला गर्ने आदेशमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन् ।
यो हस्ताक्षर पछि भुटानी नागरिकहरुका लागि अमेरिकाले राख्दै आएको नीतिमा आमूल परिवर्तन भएको छ । अब भुटानी नागरिकहरु १८० दिनसम्म भ्रमण र व्यापारका लागि सोझै अमेरिका जान पाउनेछन् । १८० दिनपछि बढी बस्नु पर्ने भएमा भिसा आवश्यक पर्ने छ ।

यो निर्णयले अमेरिका र भुटानबीचको व्यापार बलियो हुने राष्ट्रपति ट्रम्पले विश्वास व्यक्त गरेका छन् । तर यदि कुनै भुटानीले दोहोरो नागरिकता लिएका छन् भने उनीहरुलाई यस्तो सुविधा प्राप्त हुने छैन । सिरिया, इराक, इरान, सुडान, लिबिया, सोमालिया र यमनबाट पासपोर्ट लिएका कुनै पनि भुटानीले यो सुविधा पाउने छैनन् ।

अमेरिकाले भुटानलाई भिसा फ्रिको सुविधा दिइरहँदा भुटान जस्तै भूपरिवेष्ठित हिमाली राष्ट्र नेपालबारे भने राष्ट्रपति ट्रम्प जानकार पनि छन या छैनन् भन्न सकिन्न ।

विशेष