News

निर्वाचनमा भएको धाँधली छानविन गर्न विशेष समिति गठन

निर्वाचनमा भएको धाँधली छानविन गर्न विशेष समिति गठन

काठमाडौँः व्यवस्थापिका संसदले पहिलो चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा भएको भनिएको धाँधलीको छानविन गर्ने संसदीय समिति गठन गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचनको क्रममा विभिन्न स्थानमा धाँधली भएको भन्दै छानविनका लागि संसदीय विशेष समिति गठन माग गरेको हो ।

शनिबार बसेको व्यवस्थापिका संसदको दोश्रो बैठकले पाँच सदस्यीय छानविन विशेष समिति गठन गरेको हो । समितिमा सांसदहरु नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशी, नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डे, नेकपा माओवादी केन्द्रका रामनारायण विडारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भाष्कर भद्रा र नेपाल लोकतान्त्रिक पार्टीका डा. सुवोध कुमार पोखरेल रहेका छन् ।

समितिले तीन महिनाभित्र निर्वाचनमा भएको भनिएको धाँधली छानविन गरी प्रतिवेदन पेश गर्नुपर्ने छ । प्रमुख तीन दलबीच भएको सहमति अनुसार नै छानविन समिति गठन भएको हो । संसदको अवरोध हटाउने क्रममा प्रमुख दलहरुबीच छानविन समिति गठन लगायतको सहमति भएको थियो ।

विशेष