News

दुर्घटनाग्रस्त गोमा एयरका पाइलटको उपचारका क्रममा निधन

दुर्घटनाग्रस्त गोमा एयरका पाइलटको उपचारका क्रममा निधन

लुक्लाको तेन्जिङ हिलारी विमानस्थल दुर्घटनाग्रस्त गोमा एयरको कार्गो विमानका चालकको निधन भएको छ । च्यापिएको अवस्थामा भेटिएका पाइलट पारसकुमार राईको उपचारका क्रमा निधन भएको हो ।

उद्धारपछि राईको उपचारका क्रममा लुक्ला अस्पतालमा उपचार भइरहेको थियो । उक्त विमानमा पाइलट राई, कोपाइलट सिर्जन मानन्धर र एयर होस्टेस प्रज्ञा महर्जन सवार थिए । उनीहरुको लुक्ला अस्पतालमा उपचार भइरहेको छ ।

नाइन एन एके वाइ कल साइन र एलइटी ४१० फ्लाइट नम्बरको कार्गो विमान दिउँसो दुई बजे अवतरणका क्रममा लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल नजिकै रुखमा ठोकिएर दुर्घटना थियो । कार्गो विमान भएका कारण यात्रुहरु भने थिएनन ।

विशेष