शेयर

धितोपत्र बजारः दुर्ई अर्ब ६९ करोडको कारोबार

धितोपत्र बजारः दुर्ई अर्ब ६९ करोडको कारोबार

काठमाडौँः धितोपत्र बजारमा दुई अर्ब ६९ करोड १९ लाख ४८ हजार बराबरको सेयर कारोबार भएको छ । यही जेठ पाँच गतेदेखि दश गतेसम्म ४५ लाख ६७ हजार ९० कित्ता सेयर खरिद बिक्री भएको नेपाल स्टक एक्चेन्ज लिमिटेडले जानकारी दिएको छ । कारोबार रकम गत साताको भन्दा ४.२७ प्रतिशत बढी रहेको छ ।

गत साता १५५ कम्पनीको दुई अर्ब ५८ करोड १७ लाख ८७ हजार बराबरका ८३ लाख २६ हजार दुई २२० कित्ता सेयर खरिदबिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २.३४ अङ्कले बढेर अन्तिम दिन १६२९.५८ अङ्क पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.१३ अङ्कले बढेर ३४५.९९ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमको आधारमा हिमालय जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको १३ करोड ७६ लाख ८० हजार बराबरको सेयर कारोबार भएको थियो । त्यसैगरी, कारोबार भएको सेयर सङ्ख्याको आधारमा ललितपुर फाइनान्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा छ । सो कम्पनीको चार लाख ४४ हजार कित्ता सेयर खरिद बिक्री भएको स्टकले जनाएको छ । 

विशेष