News

विराटनगरमा माओवादीको सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन

विराटनगरमा माओवादीको सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन

१३ जेठ, माओवादी केन्द्र विराटनगरले स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आन्तरिम आदेशविरुद्ध  प्रर्दशन गरेको छ   ।


स्थानीय निलसदनवाट निस्किएको र्‍यालीमा मुख्य बजारको परिक्रमा गरी वि प्लटमा पुगेर कोण सभामा परिणत भएको थियो । र्‍यालीमा सहभागीहरुले ‘विराटनगरलाई महानगरपालिका कार्यम गर, अदालती आदेश खारेज गर, कार्यपालिका माथिको हस्तक्षेप वन्द गर’ जस्ता नारा लगाएका थिए ।

कोण सभामा माओवादी केन्द्रका नेता हेम कार्की, मेयर एव उपमेयरका उम्मेदवार भोगेन्द्र यादव र नमिता न्यौपाने लगायतले विराटनगरको विकास नचाहनेहरुले विराटनगरलाई महानगरपालिका नवनाउन षडयन्त्र गरेको आरोप लगाए ।

सरकारले हालै मात्र विराटनगर र वीरगञ्जलाई महानगरमा स्तरोन्नती गर्नुका साथै २२ स्थानीय तह थप्ने निर्णय गरेको थियो । तर, र्वोच्च अदालतले शुक्रबार स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

Maobadi Kendra

विशेष