मेयरका उम्मेदवारः जसले आफ्नो बाहेक अरुको भोट पाएनन्
जेठ १४ । मुलुकको राजधानी काठमाडौं महानगरपालिकाको मतगणना सकिँदा कुल एक लाख ९७ हजार २२७ मत खसेकोमा १ लाख ९१ हजार ४१ मत सदर भएका छन् । करीव ६ हजार मत बदर पूर्ण रुपमा बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अधिकांश उम्मेदवारको जमानत जफत भएको छ ।
काठमाडौं महानगरमा मेयरमा निर्वाचित नेकपा एमालेका विद्यासुन्दर शाक्यले प्राप्त गरेको ६४ हजार ९१३ मत स्थानीय तहको पहिलो चरणका उम्मेदवारहरुले प्राप्त गरेको मध्ये सबैभन्दा धेरै मत हो ।
काठमाडौं महानगरपालिकाको मेयरमा उठेर एक मत मात्र पाउने उम्मेदवार पनि रहेछन्, जसले आफू बाहेक आफ्नो परिवारका सदस्यको समेत मत नपाएको बुझ्नुपर्ने हुन्छ ।
उनी हुन्, भगमान गिरी । स्वतन्त्र उम्मेदवार बनेका उनी खुला सुटकेश चुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।