News

भैरवामा राजपाले निकाल्यो विरोध जुलुस

भैरवामा राजपाले निकाल्यो विरोध जुलुस

भैरहवामा राष्ट्रिय जनता पार्टी नेपालले सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन गरउन लागेको विरोध गर्दै राजपा(राष्ट्रिय जनता पार्टी) ले लाठी जुलुस निकालेको छ ।

भैरहवास्थित राजपाको पार्टी कार्यालयबाट निकालिएको जुलुस कालिका पथ, बैंकरोड हुँदै मिलन चोक पुगेको थियो । यस्तैगरि मिलनचोक पुग्ने क्रममा प्रहरीले पार्टीका नेता, कार्यकर्ताको पनि लाठी खोसेका थिए ।

राजपाको झण्डा च्यातिएको विषयमा राजपा जिल्ला कार्य समिती रुपेन्देहीले पेस गरेको विज्ञप्ती जारी गर्दै भत्सर्ना गरेको बताइएको छ ।
राजपा नेता ओमप्रकाश यादवले मधेसी जनताको माग पूरा नगरी स्थानीय तहको निर्वाचन गराउन खोजेको आरोप लगाएका छन् ।

विशेष