News

आगामी दिनमा मधेस, पहाड र हिमालबीचको भेद मेटिनेछ – प्रम

आगामी दिनमा मधेस, पहाड र हिमालबीचको भेद मेटिनेछ – प्रम

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्रुत मार्गले तराई, पहाड र हिमालको मन र भावना जोड्न ऐतिहासिक भूमिका निर्वाह गर्ने बताएका छन् ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने काठमाडाैँ– तराई– मधेस दु्रतमार्ग (फास्ट ट्र्याक) को आज बाराको निजगढमा शिलान्यास गर्दै उनले भने – “आगामी दिनमा मधेस, पहाड र हिमालबीचको भेद मेटिनेछ ”।

हाम्रा मन, भावना र सम्बन्ध नयाँ उचाइमा जाने मार्गमा कसैले छेक्न र चुँडाउन नसक्ने गरी प्रगाढ हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले दु्रत मार्गले काठमाडाैँ र तराईबीचको गहिरो सम्बन्धलाई हरहिसाबले बलियो बनाउने बताए ।

मधेस, पहाड र हिमाललाई जोड्ने सन्दर्भमा आफूले अहोरात्र खटेर मधेस केन्द्रित दललाई संविधानको स्वीकार्यतातर्फ लैजाने र राष्ट्रिय एकतालाई मजबुत पार्ने दिशामा केही न केही उपलब्धि हासिल गरेको गौरव प्राप्त भएको बताउँदै प्रधानमन्त्री दाहाल्ले आफ्नो जिम्मेवारीबाट अलग हँुदा समेत नयाँ आत्मविश्वास र एकता पैदा भएको महसुस भएको उल्लेख गरे ।

बहुचर्चित र बहुप्रतीक्षारत दु्रतमार्गको निर्माणका लागि राष्ट्रिय अठोट र राष्ट्रिय संकल्पको खाँचो रहेको बताउँदै प्रधामन्त्री दाहालले भने – “यो मार्गले समय र दूरीका हिसाबले निकै तीव्र गतिमा राजधानी र मधेसलाई जोड्ने काम त गर्ने नै छ, त्यसभन्दा ठूलो काम तराई, पहाड र हिमालको मन र भावनालाई जोड्ने ऐतिहासिक काम गर्ने छ, यस अर्थमा फास्ट ट्र्याकको दूरगामी महत्व छ ।”

दु्रत मार्ग निर्माण सेनाका लागि गौरव र चुनौती हो, यो निर्माणमा गल्ती भयो भने सेनाको पृष्ठभूमि, इतिहास र गौरवमा दाग लाग्ने बताउँदै प्रधानमन्त्री दाहालले भने , “समय सीमाभित्रै गुणस्तरीय निर्माण भयो भने सेनाले नेपाली जनताको आँखामा नबिझाउने गौरव पाउने छ, यो काम सकेपछि सरकारले विशेष सम्मान र पुरस्कार प्रदान गर्ने छ ”।

अहिलेको परिवर्तित सन्दर्भमा पनि नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता र स्वाधिनताका साथै विकास निर्माणका क्षेत्रमा दिइएको जिम्मेवारी पनि समयमै पूरा गर्ने भरपर्दाे संगठनका रुपमा नेपाली सेना रहेको जनाउँदै उनले भने, “ मैले सु्रक्षा निकाय मूलतः नेपाली सेना र अरुलाई पनि आफ्नातर्फबाट केही न केही गुन लगाउनुपर्छ भन्ने कुरा सुरुदेखि नै लाग्दथ्यो ।”

आफूले सरकारको नेतृत्व सम्हालेपछि राजनीतिक क्षेत्रमा देखिएका बिमतिलाई सहमतिमा ल्याउने, संविधानको स्वीकार्यता बढाउने र आर्थिक विकासलाई गति दिने संकल्प गरेकामा निकै अप्ठेरो र चुनौतिका बीचमा पनि राष्ट्रिय एकता र समृद्धिको पक्षमा देखिने गरी योगदान पु¥याएर गौरव र सन्तुष्टिका नयाँ जिम्मेवारीमा जाने अठोट गरेको उनले स्पष्ट गरे ।

सो अवसरमा रक्षामन्त्री बालकृष्ण खाँणले दु्रत मार्गको निर्माणले मधेसलाई काठमाडौँसँग छोटो र सुरक्षित सडक सञ्जालमा जोड्ने चाहना पूरा हुने भएकाले नेपाली सेनाले तोकिएको जिम्मेवारी समय सीमाभित्रै पूरा गर्ने विश्वास दिलाए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले मात्र नभएर मनोविज्ञान र राजनीतिक महत्वका रुपमा रहेको दु्रत मार्ग हिमाल, पहाड र तराईलाई जोड्ने नमुना सडकको रुपमा रहने बताए ।

Pushpa Kamal Dahal

विशेष