News

अनसन स्थल पुगेर डा.केसीले भने, ‘दाङमा मेडिकल कलेज स्थापना गर्ने मागबाट पछि हट्दिन’

अनसन स्थल पुगेर डा.केसीले भने, ‘दाङमा मेडिकल कलेज स्थापना गर्ने मागबाट पछि हट्दिन’

डा.गोबिन्द केसी ११ औँ अनसनका लागि अनसन स्थलमा पुगेका छन् । नेपालको स्वास्थ क्षेत्रमा सुधारको माग गर्दै उनी लामो समयदेखि लागि पर्दै आएका छन् ।

दाङमा गर्ने भनिएको अनसनलाई रोक्दै डा. केसीले स्वास्थमन्त्री गगन थापाको शनिबारको प्रतिबद्धताको लागि आधिकारिक पत्र कुर्दै अनसन स्थलमा पुगेका हुन् ।
अहिले डा. केसीको मागलाई सम्बोधन गर्न मन्त्रीपरिषदको बैठक सुरु भएको छ ।

उक्त बैठकमा दाङमा मेडिकल कलेज स्थापनाको लागि आवश्यक पर्ने सम्पूर्ण तयारी गर्ने र एक अधिकार सम्पन्न समितिसमेत गठन गर्ने तयारी भएको बाइएको छ ।

डा. केसीले अनसनस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै दाङमै मेडिकल कलेज स्थापना गर्ने मागबाट पछि नहट्ने बताएका छन् ।

Dr Gobinda KC

विशेष