विदेश स्वास्थ्य

भारतमा तीन गर्भवती महिलामा जिका भाइरस फेला

भारतमा तीन गर्भवती महिलामा जिका भाइरस फेला

जेठ १४ । ब्राजिलमा केही समयअघि मात्र संक्रमणमुक्त घोषणा गरिएको जिका भाइरस भारतमा देखापरेको छ ।

जिका भाइरसबाट तीन भारतीय महिला संक्रमित भएको जनाइएको छ । भारतको गुजरात र अहमदाबादका तीन गर्भवती महिलामा जिका भाइरस देखा परेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने यो रोग पहिलो पटक अफ्रिकी मुलुकमा देखा परेकोमा ब्राजिलका गर्भवती महिलाहरु बढी संक्रमित भएको पाईएको थियो ।

मध्य अफ्रिकी देशबाट फैलिएको यो रोग ब्राजिल हुँदै कोलम्बियाका नागरिकमा संक्रमित भइसकेको छ । बिशेष गरी गर्भवती महिलामा देखा पर्ने यस रोगबाट नवजात शिशु संक्रमित हुने गरेकाले कतिपय मुलुकले आफ्ना महिला नागरिकलाई केही समय गर्भवती नबन्न अपील समेत गरेका थिए ।

शिशुको विकास नहुने, शरीरको तुलनामा टाउको सानो हुने र मस्तिष्क नै विकसित नहुने यसका लक्षण हुन् ।

विशेष