News

२०७४र७५ का लागि बजेट आज संसदमा पेस हुने

२०७४र७५ का लागि बजेट आज संसदमा पेस हुने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७४र७५ का लागि आय व्ययसहितको बजेट सोमबार व्यवस्थापिका संसद्मा प्रस्तुत गर्ने भएको छ । जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार सरकारले सोमबार बजेट पेस गर्न लागेको हो ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष बजेटको अन्तिम तयारीबारे आइतबार जानकारी गराएका छन् ।

अर्थमन्त्रीको निजी सचिवालयका अनुसार अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी र बजेट महाशाखाका प्रमुख मधु मरासिनी समेतले बजेटका अन्तर विषयमा जानकारी गराएका हुन् । अर्थमन्त्री महराले व्यवस्थापिका संसद्मा सोमबार ४ बजे सरकारको आगामी आर्थिक वर्षको आय व्यय प्रस्तुत गर्ने छन् ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको लागि १२ खर्ब तीन अर्ब रुपियाँको सीमा तोकेको छ । यही सीमाभित्र रहेर सरकारले बजेट ल्याउने तयारी गरेको हो । यस पटकको बजेटमा नयाँ किसिमका कार्यक्रम नसमेटिए पनि स्थानीय तहलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिएको उपप्रधानमन्त्री महराले यसअघि नै स्पष्ट पारेका छन् ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री महराले आइतबार नै चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरूको वार्षिक स्थितिको समीक्षा व्यवस्थापिका संसद्मा पेस गरेका थिए ।

विशेष