News

टिकट नपाएर अनसन बसेका कांग्रेसका कार्यकर्ता यस्तो हालत

टिकट नपाएर अनसन बसेका कांग्रेसका कार्यकर्ता यस्तो हालत

कैलाली । टिकट दिन धाधली गरेको भन्दै कैलालीका कृष्ण कुवँर ५ दिनदेखि आमरण अनसन बसेका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमतिले टिकट वितरणमा धाधली गरेको भन्दै अनसन बसेका कुँवरको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाई आइतबार राति सेती अञ्चल अस्पतालमा रहेको सघन उपचार कक्ष (आईसियु) मा भर्ना गरिएको छ ।
नेविसंघका पूर्व जिल्ला अध्यक्ष समेत रहेका कुँवर विगत ५ दिनदेखि पार्टी कार्यालयमा नै अनसनमा बसेका थिए ।

उनले पार्टीले आफूलाई धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ को अध्यक्षको टिकट दिनु पर्ने माग राख्दै आएपनि पार्टीले राम्रालाई भन्दा आफ्नालाई काखी च्यापेको भन्दै कुँवर अनसनमा बसेका थिए । पार्टीले वडा नम्बर १ मा सन्तोष मुडभरी र महादेव सोवको नाम केन्द्रमा सिफारिस गरेको छ ।

अनसनमा रहेका कुँवरको स्वास्थ्यमा समस्या आएपछि डाक्टरको सल्लाहमा उनलाई आईसियुमा भर्ना गरिएको हो ।
सेती अञ्चल अस्पतालमा आईसियु ईन्चार्ज डा. किरण खनालले कुँवरको मुटुको धडकनमा सामान्य फेरबल देखिएको बताउँदै कुँवर खतरामुक्त रहेको बताए ।

krishna kunuwar

विशेष