दुनियाँकै सबभन्दा खतरनाक मानिस, अरुलाई मारेन भने नामर्द भन्दै आफै मर्छन्

दुनियाँकै सबभन्दा खतरनाक मानिस, अरुलाई मारेन भने नामर्द भन्दै आफै मर्छन्


दुनियाँमा यस्ता पनि जनजाति छन् जो आफ्नो परम्परा, रहनसहन र खानपानलाई लिएर चर्चामा छाउँछन् । त्यस्तै एक ‘मुर्सी’ नामका जनजाती छन् जो पूर्वी अफ्रीकाको इथोपियामा बस्छन् ।

दुनियाँमा यी जनजातीलाई मानिसहरुले सबैभन्दा खतरनाक मान्दै आएका छन् । किनभने ती जनजाती मान्छन् की, ‘अरुलाई मारिएन भने आफू शाहसी भइदैँन ।’


दुनियाँकै सबभन्दा खतरनाक मानिस

यी जनजाती अफ्रीकाको इथोपियामा १० हजारको हाराहारीमा छन् । आफ्नो परम्परालाई लिएर पनि निकै चर्चामा छन् । मानिसहरुको नराम्रो नजरबाट बच्नको लागि जनजाती महिलाको तल्लो ओठ छेडेर काठ र माटाका गहना लगाइदिने चलन छ । १५, १६ वर्षको उमेरमा युवतीलाई उक्त काठ र माटोका गहना लगाइदिने चलन छ । उनीहरुको यही परम्परा दुनियाँभरका पर्यटनका लागि आकर्षणको केन्द्रबिन्दु बनेको छ ।

तल्लो ओठ छेडेर काठको र माटोको गहना बनाएर लगाइदिनाले युवतीको सुन्दरता घट्छ र उनीहरुलाई बेचबिखन हुँदैन भन्ने मान्यता रहँदै आएको छ । यी जनजाती मानिसहरु लडाइ भन्दा पहिला गाईको रगत खाने गर्र्छन् । आफू ज्यादा मोटो र ताकतवर बन्नको लागि उनीहरु उक्त रगत खाने गर्छन् ।

यसकासाथै यस जनजातीका महिला पुरुष एक आपसमा डन्डीको सहायता लिएर लडाइ पनि गर्ने गर्छन् । यस्तो पनि मान्यता छ की, जो व्यक्तिले लडाइमा जीत हासिल गर्छ त्यसलाई सबैभन्दा सुन्दर श्रीमती पनि मिल्छ ।

मुर्सी जनजातीहरु अहिलेसम्म पनि आफ्नै परम्पराअनुसार चल्ने गर्छन् । तर आफ्नो सुरक्षाको लागि उनीहरुसँग आधुनिक हातहतियार पनि भएको बताइन्छ । उनीहरु पुराना मोडलका हातहतियार ८ देखि १० वटा गाई दिएर किन्छन् भने नयाँ हतियार ३० देखि २० वटा गाई दिएर किन्छन् । अर्को देश सोमालिया र सुडानबाट उनीहरुको हतियार सप्लाई हुने गर्छ ।

Etopia फरक दुनिया

संम्बधित खबर

विशेष