विदेश

बंगलादेशमा शक्तिशाली समुन्द्री आँधी

बंगलादेशमा शक्तिशाली समुन्द्री आँधी


जेठ १६ । बांग्लादेशको दक्षिण पूर्वी तटीय क्षेत्रमा भारी वर्षा र हावाहुरीसहित मोरा नामक शक्तिशाली समुद्री आएको छ । प्रतिघण्टा ११७ किलोमिटरको गतिमा उक्त शक्तिशाली आँधी कक्स बजार र चित्तगोङ्ग शहरको बीचमा पर्ने क्षेत्रमा यसअघि नै प्रवेश गरेको थियो ।

जल तथा मौसम विभागका अनुसार कम्तीमा १० लाख मानिसलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ । आँधीका कारण भारत र म्यानमारका केही क्षेत्र पनि प्रभावित हुने अनुमान गरिएको छ ।

सोमबार राति हजारौं मानिसलाई विद्यालय तथा सरकारी भवनमा आश्रय दिइएको छ । श्रीलंकामा बाढी तथा पहिरो निम्त्याउने गरी भएको भारी वर्षापछि समुन्द्री आँधी शुरु भएको हो । त्यहाँ बाढी तथा पहिरोका कारण कम्तीमा १८० जना मानिसको ज्यान गइसकेको छ ।

Bangaladesh

विशेष