News स्वास्थ्य

यस्तो आयो विमान दुर्घटनाको विवरण, पाइलटको मृत्यु, दुईजना घाइते

यस्तो आयो विमान दुर्घटनाको विवरण, पाइलटको मृत्यु, दुईजना घाइते

बाजुरा । नेपाली सेनाको एक कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा मंगलबार अवतरणकाक्रममा दुर्घटना हुँदा पाइलट नेपाली सेनाका महासेनानी कैलाश गुरुङको मृत्यु भएको छ ।

पाइलट गुरुङसहित तीनजना सवार रहेको उक्त विमानमा रहेका नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र एक महिलालाई भने उद्दार गरी उपचारका लागि नेपालगन्ज लगिएको छ ।

सुर्खेतबाट चामल बोकेर हुम्लाको सिमिकोटका लागि उडेको ‘एन ए जिरो अड्चालिस’ कलसाइन भएको विमान मौसम खराब भएपछि अवतरणका लागि बाजुराको कोल्टी विमानस्थल लगिएको थियो ।

दिउँसो सवा १२ बजेतिर अवतरणकाक्रममा विमान खेतमा भासिएको र लगत्तै आगो लागेको स्थानीयबासिन्दाले बताएका छन् ।
नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरेका हुन् ।

 

Plane Crash

विशेष