News

फिदिममा नेपाली काँग्रेसका उम्मेदवार घोषणा

फिदिममा नेपाली काँग्रेसका उम्मेदवार घोषणा

नेपाली काँग्रेस फिदिम नगरपालिकाका प्रमुख उपप्रमुख पदको उम्मेदवार घोषणा गरिएको छ ।

प्रेस समन्वय समितिले आज(मंगलबार) पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा प्रमुख पदमा पार्टीका महाधिवेशन प्रतिनिधि ओनाहाङ नेम्बाङ र उपप्रमुखमा उर्मिला प्रधान श्रेष्ठलाई उम्मेदवार चयन गरेको जानकारी दिइयो ।

कार्यक्रममा काग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्रकुमार केरुङले पार्टीको आधिकारिक उम्मेदवार नेम्बाङ र श्रेष्ठ भएकाले उहाँहरुलाई सहयोग गर्न आग्रह गरे ।

नगरप्रमुख पदका उम्मेदवार नेम्बाङ र उपप्रमुख पदका उम्मेदवार श्रेष्ठले आफूहरु विजयी भए नगरको विकास गर्ने र स्मार्ट सिटीको रुपमा फिदिम नगर बनाउने लक्ष्य अघि सारे ।

 

phidim

विशेष