News

जथाभावी बाटो काट्दा २५ सय भन्दा बढी सर्वसाधारण कारवाहीमा , उठ्यो साढे ३ लाख

जथाभावी बाटो काट्दा २५ सय भन्दा बढी सर्वसाधारण कारवाहीमा , उठ्यो साढे  ३ लाख

काठमाडौं उपत्यकामा मंगलबार जथाभाबी बाटो काट्ने २५ सयभन्दा बढी कारबाहीमा परेका छन् । जेब्राक्रस प्रयोग नगरी जथाभाबी बाटो काट्नेमध्ये १७ सय ३३ जनालाई दुई सयका दरले तीन लाख ४६ हजार रुपैयाँ जरिवाना संकलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

जरिवाना बुझाउन नसक्ने ७ सय ८६ जनालाई भने ३ घण्टा उभ्याएर सम्झाइबुझाइ गरिएको छ । पछिल्लो समय दुर्घटनामा पर्ने मध्ये धेरैजसो जथाभाबी बाटो काट्ने र सडक पेटीबाट नहिड्ने पैदल यात्रु रहेकाले कडा नियम लागू गरिएको ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीले जेब्राक्रसबाट बाटो काट्न लागेका पैदलयात्रुलाई प्राथमिकता दिन सवारी चालकलाई पनि अनुरोध गरेको छ । 

विशेष